दफा २५
सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन
(१) कारागार प्रशासकले बन्दीलाई आत्मनिर्भर बनाउन वा आय आर्जन गर्ने अवसर प्रदान गर्न कारागार परिसरभित्र विभिन्न सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछ।

(२) उपदफा (१). बमोजिम सञ्चालित कार्यक्रमबाट उत्पादित वस्तुलाई बजारको पहुँच दिन कारागार प्रशासकले आवश्यक व्यवस्था गर्नु पर्नेछ।

(३) उपदफा-(१) बमोजिम आयमुलक कार्यक्रमबाट प्राप्त आयमध्ये श्रमको योगदानको आधारमा तोकिए बमोजिमको रकम सम्बन्धित बन्दीलाई उपलब्ध गराउनु पर्नेछ।

(४) उपदफा (१) बमोजिम सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।